Kathmandu Press

कंगोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलसँगको खेल बराबरी

अमेरिकामा भएको खेल १-१ को बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरे । पेड्रो नेटोको पासमा उनले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए ।
कंगोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलसँगको खेल बराबरी

काठमाडौं, असार ४ : विश्वकपमा पोर्चुगल र कंगोको खेल बराबरीमा सकिएको छ ।

अमेरिकामा भएको खेल १-१ को बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरे । पेड्रो नेटोको पासमा उनले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए ।

Hardik ivf

पहिलो हाफको अन्तिम समयमा डीआर कंगोका योआन विनेसाले आर्थर मोसाकाओको पासलाई हेरडरमार्फत उत्कृष्ट गोल गर्दै ५२ वर्षपछि विश्वकपमा कंगोको पहिलो गोलको रेकर्ड बनायो ।

विश्वकपमा २३ औँ पटक सहभागी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा गोल गर्न सकेनन् । खेल बराबरीमा टुंगिएसँगै उनीहरूले १-१ अंक साझा गरेका छन् ।  

प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, असार ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्