Kathmandu Press

सत्तासीन दल नेकपाभित्रै विवादमा रहेको एमसीसीका कार्यक्रम बजेटमै राखियो

काठमाडौं, जेठ १५ : सरकारले सत्तारुढ दलकै विरोधमा रहेको एमसीसीको कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ। 

नेकपाभित्रै विवाद रहेको कार....

सत्तासीन दल नेकपाभित्रै विवादमा रहेको एमसीसीका कार्यक्रम बजेटमै राखियो

काठमाडौं, जेठ १५ : सरकारले सत्तारुढ दलकै विरोधमा रहेको एमसीसीको कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ। 

नेकपाभित्रै विवाद रहेको कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवाडले बजेटमा समावेश गर्दै कार्यन्वयनमा लैजाने घोषणा गरेका हुन्। सरकारले आर्थिक २०७७÷७८ को बजेटमा एमसीसी अन्तर्गतका प्रसारण लाइन अघि बढाउने गरी कार्यक्रम ल्याएको हो।

जसमा एमसीसीको सहयोगमा अघि बढाउने यो लप्सीफेदी–रातामाटे–दमौली–बुटवल र लप्सिफेदी–रातामाटे–हेटौँडा विद्युत प्रसारण लाइन अघि बढाउने घोषणा बजेटमार्फत गरिएको छ। यी आयोजना सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको थियो।

नेकपाभित्र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वगृहमन्त्री भीमबहादुर रावल लगायतका नेताहरुले एमसीसीको चर्को विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्