Kathmandu Press

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, असार ३ : प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गरेका हुन्।

आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै सो दल सम्बद्ध सांसदहरूले लगातार विरोध गर्दै आएका थिए। 

सभामुख अर्यालले पटकपटक आशन ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग गर्न सांसदलाई आग्रह गरेका थिए। 

विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ।
 

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, असार ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्