Kathmandu Press

मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति, धम्कीपूर्ण भाषा प्रयोग भएकोमा आक्रोश

सीमा विवादको विषय उठाउँदै यादवले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफ ढाकछोप मात्र भएको टिप्पणी गरिन्।
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति, धम्कीपूर्ण भाषा प्रयोग भएकोमा आक्रोश

काठमाडौं, असार १ : सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन्।

Hardik ivf

सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्। उनले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताइन्।

‘मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ। त्यस्तै,अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउन चाहन्छु। मन्त्रीले रोष्ट्रमबाट सांसदलाई थर्काउने होइन्। देशमा नियम कानुन छ, फाइल खोल्छु भन्दै धम्की दिन मिल्छ? नियम, कानुन अन्तर्गत फाइल खोलेर कारवाही गर्ने हो आफ्नो बचाउको लागि धम्की दिने होइन्,’ उनले भनिन्। 

सीमा विवादको विषय उठाउँदै यादवले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफ ढाकछोप मात्र भएको टिप्पणी गरिन्।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमाक्षेत्रमा देखिएका गतिविधिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उनले उठाइन्। 

‘प्रधानमन्त्रीले दिनुभएको सीमा सम्बन्धी विवादको ठोस् जवाफ कहिले आउँछ ? म सरकारसँग माग गर्न चाहन्छु। विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो परराष्ट्रमन्त्रीले हामीलाई जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ । ढाकछोप गर्ने काम मात्र भएको हो,’ उनले भनिन्।

त्यसैगरी उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेकेदारले काम नगरे ‘खुट्टा भाँचिदिने’भनेर अभिव्यक्ति दिएको विषयमा पनि आपत्ति जनाइन्। 

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, असार २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्