Kathmandu Press

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति 

‘कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ। यो विश्वास, भरोसा एवम् प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईँहरूले विशेष मेहनत गर्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने। 
सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति 

काठमाडौं, असार १ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिव्र विकास, शान्ति र प्रगति भएको बताएका छन्। 

लोकसेवा आयोगको ७६औं वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकुल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताएका हुन्। 

‘स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान, जिम्मेवार तथा राष्ट्रपति समर्पित कर्मचारीले यो भूमिकालाई परिणामुखी बनाउन सक्दछन्। प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्दछ । यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ,’ राष्ट्रपति पौडेलले भने।  

Hardik ivf

राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरुप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पारे। 

‘आयोगप्रतिको भरोसा र विश्वास एवम् यसले अवलम्बन गरेको सिद्धान्त र प्रणालीका कारण मेहनती युवाहरुले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले विर्सन हुँदैन । विगतमा हासिल गरको अनुभव, ज्ञानसँगै विश्वव्यापीरुपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीसमेतको अध्ययनको आधारमा आफनो कामलाई भविष्यमा थप परिस्कृत गर्न आयोगले विशेष योगदान दिने नै छ भन्ने म ठान्दछु,’ उनले भने।  

उनले लोकसेवा आयोग सरकारी सेवामा कर्मचारी छनौट र भर्ना गर्ने एउटा महत्वपूर्ण निकाय भएको उल्लेख गर्दै यसले सदैव असल र उम्दा कर्मचारी छनौट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउदै कर्मचारी छनौटमा समयसापेक्ष परीक्षण विधि÷प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताए। 

‘कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ। यो विश्वास, भरोसा एवम् प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईँहरूले विशेष मेहनत गर्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने। 

राष्ट्रपति पौडेलले लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तर कायमै राखी भावी योजना तय गर्नुपर्ने चुनौती रहेको भन्दै वार्षिकोत्सवको क्षणमा विगतको कामको समिक्षा र भावी चुनौतीलाई सामना गर्ने गरी योजना तय गर्न सुझाव दिए। 

उनले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्य कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशक लामो अवधिमा ‘योग्यता, निष्पक्षता र स्वच्छता’ जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुशीको विषय भएको बताए। 

प्रकाशित मिति: १४:११ बजे, सोमबार, असार १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्