Kathmandu Press

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

‘प्रधानमन्त्रीज्यूले दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहित विपरीत छ। यो रेकर्डबाट हटाउनुपर्छ र सभामुखले यसका लागि रुलिङ गर्नुपर्छ। सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग जायज नै रहेको छ,’ दुलालले भने।
दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

काठमाडौं, असार १ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सभामुखले रुलिङ गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने आफ्नो दलको माग जायज रहेको बताए।

Hardik ivf

‘प्रधानमन्त्रीज्यूले दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहित विपरीत छ। यो रेकर्डबाट हटाउनुपर्छ र सभामुखले यसका लागि रुलिङ गर्नुपर्छ। सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग जायज नै रहेको छ,’ दुलालले भने।

त्यसैगरी उनले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट जवाफ माग गरे। भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने सूचना सार्वजनिक भएको उल्लेख गर्दै उनले घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।

‘हिजो भर्खरै एउटा समाचार आयो, भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको एउटा भूमिमा अवतरण गरेको र त्यहाँ भारतीय सुरक्षा निकायका कुनै प्रमुख व्यक्तित्व सवार भएको भन्ने सूचना आएको छ। यसबारे के हो, म सरकारको जवाफ चाहन्छु,’ उनले भने।

सांसद दुलालले सीमा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, असार १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्