परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल
अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदभित्र र बाहिर विरोध भइरहेको अवस्थामा परराष्ट्रमन्त्री भारत भ्रमणमा गएको उल्लेख गरिन् । उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका असमझदारीहरू हटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको बताइन्।
काठमाडौं, असार १ : नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई बेवास्ता गरिएको आरोप लगाएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदभित्र र बाहिर विरोध भइरहेको अवस्थामा परराष्ट्रमन्त्री भारत भ्रमणमा गएको उल्लेख गरिन् । उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका असमझदारीहरू हटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको बताइन्।
तर भ्रमणबाट अपेक्षित परिणाम नआएको उनको दाबी थियो।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर सदनमा संर्घष गरेका थियौं। बजेटमाथि छलफल गर्नुपर्ने थियो र समयमै बजेटलाई पास गर्नुपर्ने जिम्मेवारीलाई बोध गर्दै संघर्षलाई परिवर्तन गरेका हौं । मुलुकको प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनुभयो त्यो गैरजिम्मेवार र राष्ट्रलाई नोक्सान हुने थियो। त्यस्तै परराष्ट्रमन्त्री छिमेकी मुलुक भारतको भ्रमणमा जानुभयो । हामी खुसी भएका थियौं । भारत भ्रमण गएर नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउनु हुनेछ भन्ने थियो। विद्यमान असमझदारी हटाउन सहयोग गर्ने विश्वास गरेका थियौं । तर दुर्भाग्यको कुरा उहाँ न्यानो अथित्यतामा रमाउँदै बिच्छ्याइएका कार्पेटहरुलाई कुल्चेर राष्ट्रवादलाई भुल्नु भएछ,’उनले भनिन्।
अर्यालले परराष्ट्रमन्त्री भारतको न्यानो आतिथ्यतामा रमाउँदै राष्ट्रवाद बिर्सिएको आरोप लगाउँदै राष्ट्रहित विपरीत गतिविधि भएको संकेत गरिन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आफूहरूले गैरजिम्मेवार र राष्ट्रलाई नोक्सान पुर्याउने खालको ठानेको उल्लेख गर्दै त्यसविरुद्ध एमालेले संसदमा संघर्ष गरेको पनि बताइन्।










![सभामुखले गरे नयाँ संसद भवनको अवलोकन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_43a811b5-1781505640.jpg)

