Kathmandu Press

भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ ।
भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

काठमाडौं, असार १ : नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको छ । यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ ।

नेपाल टेलिकमले ग्राहकलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति सचेत रहन अनुरोध गरेको छ । कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न समेत कम्पनीले अनुरोध गरेको छ ।

Hardik ivf

अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटिपि, पासवर्ड, पि आइएन, सिभिभि लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न समेत कम्पनीले सुझाव दिएको छ । शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन समेत अनुरोध गरेको छ ।

ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकाले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहकलाई अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति: ०८:३२ बजे, सोमबार, असार १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्