विश्वकपमा आइभरीकोस्टकाे विजयी सुरुवात
अमेरिकामा इक्वेडरविरुद्ध भएको खेलमा अन्तिम क्षणमा गोल गर्दै आइभरीकोस्ट १-० ले विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बनेको थियो । दोस्रो हाफको ८९ औँ मिनेसम्म कुनै टोलीले गोल गर्न सकेका थिएनन् ।
काठमाडौं, असार १ : विश्वकपमा आइभरीकोस्टले रोमाञ्चक जित निकालेको छ ।
अमेरिकामा इक्वेडरविरुद्ध भएको खेलमा अन्तिम क्षणमा गोल गर्दै आइभरीकोस्ट १-० ले विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बनेको थियो। दोस्रो हाफको ८९ औँ मिनेसम्म कुनै टोलीले गोल गर्न सकेका थिएनन् ।
अमाड डियालोले ९० मिनेटमा गोल गरेपछि खेलमा आइभरीकोस्ट विजयी भएको हो। जितसँगै आइभरीकोस्टले ३ अंक प्राप्त गरेको छ।
यस्तै अर्को खेलमा विश्वकपमा २८ वर्षपछि पुनरागमन गरेको समूह सी को स्कटल्याण्डले हाइटीलाई हराउँदै जित निकालेको छ ।
प्रकाशित मिति: ०८:२९ बजे, सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









