विश्वकप : जापानले बराबरीमा रोक्यो नेदरल्याण्ड्सलाई
अमेरिकामा भएको खेल २-२ को बराबरीमा टुंगिएपछि जापान र नेदरल्याण्ड्सले अंक बाडेका हुन् । दोस्रो हाफमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान्जिकले ५० औँ मिनेटमा गोल गरेपछि खेल १-० को स्थितिमा पुग्यो ।
काठमाडौं, असार १ : विश्वकपमा जापान र नेदरल्याण्ड्सले अंक बराबरी गरेका छन् ।
अमेरिकामा भएको खेल २-२ को बराबरीमा टुंगिएपछि जापान र नेदरल्याण्ड्सले अंक बाडेका हुन् । दोस्रो हाफमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान्जिकले ५० औँ मिनेटमा गोल गरेपछि खेल १-० को स्थितिमा पुग्यो ।
५७ औँ मिनेटमा केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याए । ६९ औँ मिनेटमा नेदरल्याण्ड्सका क्रिसेन्सियो समरभिलले गोल थप्दै डच टोली अग्रता बनाए ।
त्यसपछि आक्रामक खेलेको जापानले ८७ औँ मिनेट अघिसम्म गोल गर्न सकेको थिएन । ८७ औँ मिनेटमा कोकी ओगावाले गोल गरेसँगै खेल २-२ को बराबरीमा पुुग्यो ।
प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार