Kathmandu Press

आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गरिने

काठमाडौं, जेठ १५  : सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ। 

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट ....

आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गरिने

काठमाडौं, जेठ १५  : सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ। 

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने बताएका हुन्। उनले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्‍चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताए। 

यस्तै, अर्थमन्त्री खतिवडाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरिएको पनि जानकारी दिए।
 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्