Kathmandu Press

आज सोमबारे औँसी 

औँसी तिथि र सोमबार एकै दिन परेका कारण यस दिनलाई सनातन धर्मावलम्बीले विशेष धार्मिक महत्त्वका साथ मनाउने गरिन्छ ।
आज सोमबारे औँसी 
Hardik ivf

काठमाडौं, असार १ : आज सोमबारे औँसी । औँसी तिथि र सोमबार एकै दिन परेका कारण यस दिनलाई सनातन धर्मावलम्बीले विशेष धार्मिक महत्त्वका साथ मनाउने गरिन्छ । धार्मिक ग्रन्थहरूमा यस्तो संयोगलाई मौनी औँसी समेत भनिने गरिन्छ । 

वैदिक परम्पराअनुसार औँसीलाई पितृहरूको पर्वका रूपमा लिने गरिन्छ । यस दिन आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, श्राद्ध तथा दानपुण्य गर्ने चलन रहेको छ । 

धार्मिक विश्वासअनुसार यस दिन गरिने पितृकर्मले पितृहरू सन्तुष्ट हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने मान्यता छ ।

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, असार १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्