Kathmandu Press

क्युरासाओको पोष्टमा जर्मनीको ७ गोल 

विश्वकपमा क्युरासाओले चारपटकको विश्विविजेता जर्मनीविरुद्ध एक गोल गरेको थियो । विश्वकपको डेब्यू खेलमा गोल गर्दै लिभियानो एमिन्सियाले आफ्नो रेकर्ड दर्ज गराएका छन् ।
क्युरासाओको पोष्टमा जर्मनीको ७ गोल 

काठमाडौं, असार १ : विश्वकप फुटबलमा क्युरासाओविरुद्धको खेलमा जर्मनीले शानदार विजयी भएको छ । अमेरिकामा भएको खेलमा जर्मनी ७-१  को फराकिलो जितले विजयी भएको हो । 

विश्वकपमा क्युरासाओले चारपटकको विश्विविजेता जर्मनीविरुद्ध एक गोल गरेको थियो । विश्वकपको डेब्यू खेलमा गोल गर्दै लिभियानो एमिन्सियाले आफ्नो रेकर्ड दर्ज गराएका छन् । खेलको पाँचौँ मिनेटमा जर्मनीका फेलिक्स नेचाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लिभियानोले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।

Hardik ivf

पहिलो हाफमा निको स्कोलवर्गले गोल थप्दै खेल २-१ को स्थितिमा पुर्‍याए । ४५ औँ मिनेटमा कुरासाओका रिचेड्ली वीओरले डिबक्स एरियामा फाउल गरेपछि रेफ्रीले जर्मनीलाई पेनाल्टीको मौका दिए ।

उक्त मौकाको सदुपयोग गर्दै काइ हार्भेजले गोल थपे । दोस्रो हाफमा जामल मोसियाले गोल गर्दै खेललाई ४-१ को स्थितिमा पुर्‍याए । ६७ औँ मिनेटमा जर्मनीका नाथानियल ब्राउनले गोल थप गरेपछि खेल ५-१ को स्थितिमा पुग्यो ।

७७ औँ मिनेटमा डेनिज उम्दाले गोल गरेपछि स्थिति ६-१ मा पुगेको हो । ८७ औँ मिनेटमा काइ हार्भजले  गोल गर्दा खेल ७-१ मा पुग्यो जितसँगै जर्मनीले तीन अंक पाएको छ । 

प्रकाशित मिति: ०८:०७ बजे, सोमबार, असार १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्