‘मलाय अन्त नजर नलाए’ सार्बजनिक (भिडियो)
प्रेम, आत्मीयता र नेपाली मौलिक संस्कृतिको भाव समेटिएको गीतमा शिवा कनौजे मगरको शब्द, संगीत तथा एरेन्ज रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
काठमाडौं, जेठ ३१ : नेपाली लोकदोहोरी संगीत क्षेत्रमा नयाँ सांगीतिक कोसेली ‘मलाय अन्त नजर नलाए’ सार्वजनिक भएको छ । बिमला श्रीस र बाबु कृष्ण परियारको स्वरमा सजिएको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।
प्रेम, आत्मीयता र नेपाली मौलिक संस्कृतिको भाव समेटिएको गीतमा शिवा कनौजे मगरको शब्द, संगीत तथा एरेन्ज रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
गीतको भिडियोमा कलाकार बबिन सिंह ठाकुरी र सुजाने सिंह खड्काले अभिनय गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन् भने छायांकन बुद्ध थापा र सम्पादन तथा कलर संयोजन मनोज कार्कीको छ ।
नेपाली लोकसंगीतको मौलिक स्वादलाई आधुनिक प्रस्तुतीतिरणसँग जोड्न सफल उक्त गीत यस वर्षका चर्चित लोकदोहोरी गीतमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ ।