मोरक्कोसँग ब्राजिल बराबरीमा रोकियाे, कतारले जाेड्याे विश्वकपमा पहिलाे अंक
त्यसको ११ मिनेटमा ब्राजिलका भिनिसियसले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । यस्तै कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ । अन्तिम क्षणमा कतारले गोल फर्काउँदा खेल बरारबरीमा टुंगिएको हो ।
काठमाडौं, जेठ ३१ : ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा टुंगिएको छ।
समूह सी का दुुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो।
ब्राजिल र मोरक्कोबीचको खेल पहिलो हाफको २१ मिनेटमा मोरक्कोका इसामेल सैबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
त्यसको ११ मिनेटमा ब्राजिलका भिनिसियसले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए। दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन।
यस्तै कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ। अन्तिम क्षणमा कतारले गोल फर्काउँदा खेल बरारबरीमा टुंगिएको हो। याे विश्वकपमा कतारकाे पहिलाे अंक हाे।
खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर मोहम्मुद अबुनादाले बल लिएर अघि बढिरहेका डेनिस जकारियालाई अवरोध गर्न खोजे । त्यसपछि रेफ्रीले फाउल दिँदै स्वीट्जरल्याण्डलाई पेनाल्टी दिए ।
उक्त मौकामा स्विट्जरल्याण्डका ब्रिल एम्बोलोले प्रहार गरेको बललाई कतारी गोलकिपर अबुनादाले रोक्न सकेनन् । त्यसपछिका खेलमा स्विट्जरल्याण्डले पटक पटक गरेको गोलको प्रयासलाई भने उनले विफल बनाएका थिए ।
खेलको अन्तिम घडिमा कतारका बोलिएम खौकीले गोल फर्काएपछि खेल बराबरीमा टुंगिन पुगेको हो ।











