Kathmandu Press

रास्वपा बागमतीको सभापतिमा २ मतले हारे अच्युतम, उत्सवले मारे बाजी 

अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरे । प्रदेश नेतृत्वका लागि सुरुमा ५ जनाको उम्मेदवारी परेको थियो । तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि ४ जना चुनावी मैदानमा उत्रिएका थिए । 
रास्वपा बागमतीको सभापतिमा २ मतले हारे अच्युतम, उत्सवले मारे बाजी 
Hardik ivf

काठमाडौँ, जेठ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित गरेका हुन् । 

अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरे । प्रदेश नेतृत्वका लागि सुरुमा ५ जनाको उम्मेदवारी परेको थियो । तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि ४ जना चुनावी मैदानमा उत्रिएका थिए । 

सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा. अच्युतम लामिछाने, निवर्तमान प्रवक्ता उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरि बहादुर खत्री बिच प्रतिस्पर्धा भएको थियो । जसमा अर्यालले बाजी मारेका हुन् ।
 
प्रकाशित मिति: ०८:२५ बजे, आइतबार, जेठ ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्