Kathmandu Press

परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् । 
परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

काठमाडौँ, जेठ ३१ : परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् । 

Hardik ivf

भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङ यी लगायत चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्ने छन् । उनले नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा भाग लिने तथा चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने छन् ।  

प्रकाशित मिति: ०८:२० बजे, आइतबार, जेठ ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्