Kathmandu Press

राजनीतिक यात्रामा काठमाडौं वडा नं. ८ को ठूलो योगदान छ : गगन थापा

थापाले अहिले आफूले पुरानो राजनीतिक दल नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सम्हालिरहेको र त्यसमा पनि स्थानीयवासीको ठूलो योगदान रहेको बताए।
राजनीतिक यात्रामा काठमाडौं वडा नं. ८ को ठूलो योगदान छ : गगन थापा

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौं महानगरपालिका वडा नं. ८ प्रति आफ्नो विशेष जिम्मेवारी कायम रहेको बताएका छन्।

काठमाडौं महानगरपालिका वडा नं. ८ द्वारा आयोजित ‘गौरव सम्मान तथा अभिनन्दन’ कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनीतिक यात्रामा वडा नं. ८ का मतदाता तथा स्थानीयवासीको महत्वपूर्ण योगदान रहेको स्मरण गरे।

Hardik ivf

‘प्रत्येक पटक निर्वाचनको मैदानमा आउँदै गर्दा यो क्षेत्रले मलाई निर्वाचित पनि गरायो .। निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं.८ को मलाई ठूलो साथ रह्यो । मैले अहिलेसम्म कहिले हारेको थिएन तर यो पटक हारियो,’ उलने भने, ‘अहिले मैले पुरानो राजनीतिक दलको सभापतिको जिम्मेवारी लिएको छु । यो जिम्मेवारीमा पुग्ने कुरामा पनि तपाईंहरुको ठूलो योगदान छ।’

उनले प्रत्येक निर्वाचनमा उक्त क्षेत्रले आफूलाई साथ दिँदै आएको उल्लेख गर्दै यसपटक भने निर्वाचनमा पराजित हुनुपरेको बताए। थापाले अहिले आफूले पुरानो राजनीतिक दल नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सम्हालिरहेको र त्यसमा पनि स्थानीयवासीको ठूलो योगदान रहेको बताए।

उनले सांसदका रूपमा निर्वाह गरेको भूमिकाले पार्टीभित्र नेतृत्वको जिम्मेवारी वहन गर्न योग्य बनाएको उल्लेख गरे। ‘२०७० सालको निर्वाचनपछि युवा उमेरमै संसद्मा बोल्ने अवसर पाएको थिएँ। त्यही अनुभवले आजको जिम्मेवारी सम्हाल्न सक्षम बनाएको हो,’ उनले भने।

थापाले आफ्नो राजनीतिक तथा नेतृत्व यात्रामा वडा नं. ८ का नागरिकहरूको निरन्तर सहयोग रहेको भन्दै त्यसप्रति आभार व्यक्त गरे । उनले आफूलाई दिइएको विश्वासको सम्मान गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता पनि जनाए।


 

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, जेठ ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्