Kathmandu Press

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

‘वर्तमान सरकार सुशासनको लागि बनेको हो। यो सरकारलाई राष्ट्रिय सभा नीति २०७४ जुन कुनै पनि सरकारले लागू गर्न आँट गरेन, त्यसलाई चाडै लागू गरियोस्,’ उनले भने, ‘त्यस्तै सरकारी सार्वजनिक गुठी जग्गाको प्रतिवेदन पूर्वन्यायाधीश मोहन रमन भट्टराईको प्रतिवेदन मन्त्रालयमा जम्मा छ । तर त्यसको केही काम भएको छैन।’ 
राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं, जेठ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गरेका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगतदेखि कार्यान्वयन हुन नसकेको राष्ट्रियसभा सम्बन्धी नीति तथा सार्वजनिक गुठी जग्गासम्बन्धी प्रतिवेदन तत्काल लागू गर्न सरकारसँग माग गरेका हुन्।

Hardik ivf

‘वर्तमान सरकार सुशासनको लागि बनेको हो। यो सरकारलाई राष्ट्रिय सभा नीति २०७४ जुन कुनै पनि सरकारले लागू गर्न आँट गरेन, त्यसलाई चाडै लागू गरियोस्,’ उनले भने, ‘त्यस्तै सरकारी सार्वजनिक गुठी जग्गाको प्रतिवेदन पूर्वन्यायाधीश मोहन रमन भट्टराईको प्रतिवेदन मन्त्रालयमा जम्मा छ । तर त्यसको केही काम भएको छैन।’ 

सांसद सिंहले राष्ट्रियसभा सम्बन्धी नीति २०७४ कुनै पनि सरकारले साहसपूर्वक कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै सरकारले यसलाई शीघ्र लागू गर्नुपर्ने बताए।

उनले सरकारी तथा सार्वजनिक गुठी जग्गासम्बन्धी अध्ययन आयोगका अध्यक्ष पूर्व न्यायाधीश मोहनरमन भट्टराईले बुझाएको प्रतिवेदन मन्त्रालयमा थन्किएको अवस्थामा रहेको बताए।

उनले प्रतिवेदनमा देशका विभिन्न स्थानका सार्वजनिक तथा गुठी जग्गा राजनीतिक दलका नेता तथा प्रभावशाली व्यक्तिहरूले अतिक्रमण गरेको भन्दै उनले आयोग नै विघटन गरिएको आरोप समेत लगाए।

कुनै पनि सरकारले पूर्ण रूपमा लागू गर्न नसकेको भन्दै उनले त्यसलाई कार्यान्वयनमा ल्याउन वर्तमान सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, जेठ २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्