काभ्रेको नमोबुद्धमा यात्रुवाहक बस दुर्घटना, ७ जनाको मृत्यु
काभ्रेको बनेपाबाट महाभारततर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
काभ्रे, जेठ २९ : काभ्रेको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फी डाँडामा यात्रुवाहक बस दुर्घटनामा परेको छ।
काभ्रेको बनेपाबाट महाभारततर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
बस सडकबाट तल खसेको बताइएको छ। दुर्घटनास्थलबाट १७ जनालाई उद्धार गरी अस्पताल उपचाकरा पठाइएको प्रहरीले जनाएको छ।
बसमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न सकेको छैन। दुर्घटनाको कारण पनि खुल्न बाँकी छ ।
प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार