Kathmandu Press

करिब सात लाखले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता

एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । 
करिब सात लाखले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं, जेठ २९ : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यहरूमध्ये  पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता प्राप्त गरेका छन् । 

एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । 

इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने उनको भनाइ छ ।

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, जेठ २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्