विश्वकपको उद्घाटन खेलमै रातो कार्डको बर्षा
दुई गोल भएको उद्घाटन खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए । विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो ।
काठमाडौं, जेठ २९ : फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा रातो कार्डको बर्षा नै भएको छ । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो ।
दुई गोल भएको उद्घाटन खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए । विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो ।
खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो । दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाड्न वाध्य भए ।
प्रकाशित मिति: ०७:४७ बजे, शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1755255383.jpg)