Kathmandu Press

बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपालीका लागि दुर्भाग्य हो : झक्कु सुवेदी

‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ। अध्यक्ष महोदय मात्रृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन,’ उनले भने।  
बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपालीका लागि दुर्भाग्य हो : झक्कु सुवेदी

काठमाडौं, जेठ २८ : नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुका साथै आमनागरिकसमक्ष माफी माग्नुपर्ने बताए। उनले देशको प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए। 

Hardik ivf

सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो? भन्दै अध्यक्षमार्फत प्रश्न गरे । 

‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ। अध्यक्ष महोदय मात्रृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन,’ उनले भने।  

मुलुकको निर्माण पुर्खाको बलिदान र संघर्षबाट भएको उल्लेख गर्दै उनले राष्ट्र र राष्ट्रियतामाथि कुनै पनि तहबाट आघात पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए।

प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, जेठ २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्