Kathmandu Press

ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति

पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भनिन्।
ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति

काठमाडौं, जेठ २८ : नेकपा एमालेकी सांसद यशोदा बरालले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। 

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भनेर भ्रम फैलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भनिन्।

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, जेठ २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्