Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। 
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं, जेठ २८ : प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो। 

आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। 

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। 

अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ। 

प्रकाशित मिति: ०८:२३ बजे, बिहीबार, जेठ २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्