Kathmandu Press

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरुको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । 
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, जेठ २८ : राष्ट्रियसभा बैठक आज (बिहीबार) बस्दै छ। बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको हो ।

आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरुको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । 

Hardik ivf

यसैगरी, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने छन् । 

यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३÷०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, जेठ २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्