Kathmandu Press

‘नेपालले भारतका सीमा मिचेको भन्नेबारे आपत्ति छ, तर यसमै रुमल्लिन नहुनेमा प्रतिपक्ष प्रष्ट छ’

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले प्रधानमन्त्रीलाई सदन नचाहिए पनि प्रतिपक्षीलाई चाहिने भन्दै प्रधानमन्त्री फेरि कुन दिन आएर केही बोल्ने हो कि भन्ने बताउँदै चिन्ता व्यक्त गरे।
‘नेपालले भारतका सीमा मिचेको भन्नेबारे आपत्ति छ, तर यसमै रुमल्लिन नहुनेमा प्रतिपक्ष प्रष्ट छ’

काठमाडौं, जेठ २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले भारतको सीमा नेपालले मिचेको भन्नेबारे आपत्ति जनाउँदै अब यसमा रुमल्लिन नहुनेमा आफूहरू प्रष्ट रहेको बताए।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले प्रधानमन्त्रीलाई सदन नचाहिए पनि प्रतिपक्षीलाई चाहिने भन्दै प्रधानमन्त्री फेरि कुन दिन आएर केही बोल्ने हो कि भन्ने बताउँदै चिन्ता व्यक्त गरे।

Hardik ivf

‘प्रधानमन्त्रीलाई सदन नचाहिएला तर हामीलाई चाहिन्छ। छापामार शैलीमा कुनै दिन आउनुहोला । फेरि केही बोल्नुहोला, तर अब प्रधानमन्त्रीले बोलेको विषयमा रुमल्लिनु हुन्न भन्ने जिम्मेवारी मसँग छ। तर प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति आपत्तिजनक थियो छ,’ उनले भने।

प्रधानमन्त्री संसद्मा आफैँले बोलेको अभिव्यक्तिमा प्रश्न उठेपछि नआएको र यहीकारण संसद बन्धक बन्न पुगेको भनेर उनले अगाडि बढ्न आफूहरू नै तयार भएको बताए ।

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, जेठ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्