Kathmandu Press

निर्देशक कृष्ण चापागाईँको निधन

उनले इज्जतदार, निखिल दाइ, एक नजर, दिदीभाइ,चट्टान लगायतका चलचित्र लेखन तथा निर्देशन गरेका छन्।
निर्देशक कृष्ण चापागाईँको निधन
Hardik ivf

काठमाडौं, जेठ २७  : नेपाली चलचित्रका लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको निधन भएको छ। 

अमेरिकामा रहँदै आएका चापागाईँको उपचारको क्रममा बुधबार निधन भएको हो। केही दिनअघि स्वास्थ्य समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए।  

उनले इज्जतदार, निखिल दाइ, एक नजर, दिदीभाइ,चट्टान लगायतका चलचित्र लेखन तथा निर्देशन गरेका छन्।

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, जेठ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्