Kathmandu Press

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्छ : अर्थमन्त्री वाग्ले

उनका अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आय हुने करदाताले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ। साथै, आयकरको माथिल्लो दर (मार्जिनल कर दर) ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ।
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं, जेठ २७ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरिएको बताएका छन्। अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारे .।

बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए।

Hardik ivf

उनका अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आय हुने करदाताले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ। साथै, आयकरको माथिल्लो दर (मार्जिनल कर दर) ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ।

मन्त्री वाग्लेले आफ्ना छोराछोरीको शिक्षामा गरेको खर्चमध्ये २५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति रकम करयोग्य आयबाट कटौती गर्न सकिने नयाँ व्यवस्था पनि बजेटमार्फत ल्याइएको जानकारी दिए। उनले नागरिकलाई औपचारिक कर प्रणालीमा आबद्ध हुन र नियमित रूपमा आयकर विवरण (इनकम ट्याक्स फाइल) पेश गर्न आग्रह गरे।

विद्युतीय सवारीसाधन ९ईभी० मा अब ‘पिक पावर’को सट्टा मूल्यका आधारमा भन्सार निर्धारण गरिने उनले बताए। विगतमा पिक पावरका आधारमा भन्सार निर्धारण गर्दा दुरुपयोग भएको र महालेखा परीक्षकले अर्बौं रुपैयाँ बेरुजु औँल्याएको उल्लेख गर्दै वैज्ञानिक अभ्यास र अनुसन्धानका आधारमा नयाँ व्यवस्था लागू गरिएको उनले बताए। ईभीको मूल्यमा ५० लाख रुपैयाँभन्दा बढी वृद्धि नहुने गरी नीति सच्याइएको पनि उनले जानकारी दिए।

यस्तै, महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा सञ्चालन हुने चलचित्र घरलाई व्यवसाय सञ्चालन गरेको मितिदेखि १० वर्षसम्म कर छुट दिने व्यवस्था गरिएको मन्त्री वाग्लेले बताए।

स्वास्थ्य क्षेत्रतर्फ रगत तथा खोप ढुवानीका लागि प्रयोग हुने क्यारियरमा लाग्दै आएको ३० प्रतिशत भ्याट घटाएर १५ प्रतिशत कायम गरिएको पनि उनले जानकारी दिए। 

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, जेठ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्