प्रतिनिधिसभाको बैठक स्थगित
सीमाका विषयमा आफ्ना अभव्यिक्तिबारे प्रधानमन्त्री बालेन शाहले संसदमा आएर आत्मालोचना नगरेसम्म संसद चल्न नदिने भन्दै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
काठमाडौं, जेठ २६ : प्रतिनिधिसभाको मंगलबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
सीमाका विषयमा आफ्ना अभव्यिक्तिबारे प्रधानमन्त्री बालेन शाहले संसदमा आएर आत्मालोचना नगरेसम्म संसद चल्न नदिने भन्दै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
बैठकको सुरुमै विपक्षी दलहरुले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख अर्यालले विपक्षीका तर्फबाट निश्कल राई, हर्कराज राई, खुस्बु ओली लगायतलाई बोल्न दिएका थिए।
उनीहरुले बोलिसकेपछि सभामुखले बैठकमा नियमित कार्यासूचीमा प्रवेश गर्न खोजेका थिए। तर, विपक्षी दलहरुले आफ्नो अडान कायम राख्दै विरोध गरेपछि उनले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन्।
प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, जेठ २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार