Kathmandu Press

नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निश्कल राई

‘म आज पनि सार्वभौम संसदमा उभिएर भन्छु नेपालले छिमेकी देश भारतको कुनैपनि जमिन अथवा भू–भाग मिचेको छैन। नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन भनी आवाज उठाइरहेका छौं,’ उनले भने।  
नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निश्कल राई

काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी देश भारतको कुनैपनि भू–भाग अतिक्रमण नगरेको दाबी गरे। उनले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको र भविष्यमा पनि बन्न नसक्ने बताए।

‘म आज पनि सार्वभौम संसदमा उभिएर भन्छु नेपालले छिमेकी देश भारतको कुनैपनि जमिन अथवा भू–भाग मिचेको छैन। नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन भनी आवाज उठाइरहेका छौं,’ उनले भने।  

Hardik ivf

सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले नेपालले भारतको जग्गा अतिक्रमण गरेको जस्तो सन्देश दिन खोजेको आरोप लगाए।

उनले सामाजिक सञ्जालमा पनि प्रधानमन्त्रीका समर्थकहरूले विभिन्न आधारहीन सामग्री र कथित प्रमाणहरू सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा प्रस्तुत गर्न खोजिरहेको दाबी गरे। 

उनले राष्ट्रको छवि र प्रतिष्ठामाथि आँच पुग्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिले कस्तो समाज निर्माण गर्न खोजिएको हो भन्ने प्रश्न समेत उठाए।

‘सामाजिक सञ्जालमा पनि उहाँको शुभचिन्तनहरुले नभएको प्रमाणहरु श्रृजना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणीत गर्न लागि परेका छन् । यो तहको राष्ट्रियघात गर्न उहाँहरुलाई किन मन लागेको हो । राष्ट्रको बेइज्जत गर्दा आनन्द हुने कस्तो मानसिकता निर्माण गर्दैछौ हामी रु कस्तो समाजको परिकल्पना हामी गर्दैछौं?,’ उनले भने।

राईले प्रतिपक्षी दलहरूले पछिल्ला केही बैठकदेखि सदनमा उठाउँदै आएको आवाजको उद्देश्य नेपाल सीमा अतिक्रमणकारी देश नभएको तथ्यलाई स्पष्ट पार्नु रहेको बताए।

उनले राष्ट्रिय स्वाभिमान र मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएका विषयमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १४:०२ बजे, मंगलबार, जेठ २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्