Kathmandu Press

विपक्षीद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन्। 
विपक्षीद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
Hardik ivf

काठमाडौं, जेठ २६ : विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आज(मंगलबार) पनि अवरोध गरेका छन्। 

मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन्। 

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले १७ जेठमा नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन्।

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, जेठ २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्