Kathmandu Press

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउने तयारी

प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुनः गृहमन्त्री बनाउँदै आजै शपथ गारउने तयारी भएको छ 
सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउने तयारी

काठमाडौं, जेठ २६ : सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउने तयारी भएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुनः गृहमन्त्री बनाउँदै आजै शपथ गारउने तयारी भएको छ 

गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृहमन्त्री बनाउन लागिएको हो। 

आजको मन्त्रिपरिषद बैठकले सुधनमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

यता, सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रतिवेदन गरेपछि आवश्यक निर्णय हुने बताएक छन्। 

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, जेठ २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्