Kathmandu Press

बैठक स्थगितगरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह 

पुनले सत्ता पक्षबाट समस्या समाधानका लागि विभिन्न विकल्पहरू सकारात्मक रूपमा आएको भएपनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकिएको उल्लेख गरे। 
बैठक स्थगितगरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह 

काठमाडौं, जेठ २५ : नेपाल कम्युनिष्ट पार्टीले बैठक केही समयका लागि स्थगित गरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह गरेको छ। 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वर्षमान पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा आफ्नो दल प्रतिबद्ध रहेको बताए। 

Hardik ivf

यद्यपी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याइनुपर्ने, संसदको अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने तथा प्रधानमन्त्रीले त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने प्रतिपक्षको अडान यथावत रहेको बताए। 

पुनले सत्ता पक्षबाट समस्या समाधानका लागि विभिन्न विकल्पहरू सकारात्मक रूपमा आएको भएपनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकिएको उल्लेख गरे। 

‘संसद नियमित चलोस् भन्नेमा प्रतिबद्धता छ, हाम्रो आफ्नो धारणा छ। प्रधानमन्त्रीको यो विषय सच्यिनुपर्छ। संसदको रेकर्डबाट हट्नुपर्छ र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षको अडान कायम छ,’ उनले भने, ‘सत्ता पक्षबाट पनि विभिन्न अप्सनहरू सकारात्मक नै आएका छन् तर निष्कर्षमा पुग्न नसकिएको हुनाले केही समय बैठक रोकेर सभामुखले छलफलको वातावरण बनाइदिन आग्रह गर्छु।’

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, जेठ २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्