Kathmandu Press

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन्।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै

काठमाडौं, जेठ २५ : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन्।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन्।

Hardik ivf

आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो। बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए। यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।। 

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने अडान राखेका छन्। 

प्रकाशित मिति: १३:३० बजे, सोमबार, जेठ २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्