सर्वदलीय बैठकमा रविल आफ्नो भारत भ्रमणबारे दलहरूलाई गराए जानकारी
सोमबार सिंहदरवारमा सर्वदलीय बैठक राखेर उनले आफ्नो ५ दिन लामो भ्रमणबारे जानकारी गराएका हुन्।
काठमाडौ, जेठ २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे दलहरूलाई जानकारी गराएका छन्।
सोमबार सिंहदरवारमा सर्वदलीय बैठक राखेर उनले आफ्नो ५ दिन लामो भ्रमणबारे जानकारी गराएका हुन्।
लामिछानेले जेठ १८ गतेदेखि पाँच दिने भारत भ्रमण गरेका थिए। भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए।
बैठकमा दलहरुले रास्वपालाई वैदेशिक सम्बन्धका सवालमा परिपक्व व्यवहार देखाउन पनि सुझाव दिएका छन्।
प्रकाशित मिति: १२:४५ बजे, सोमबार, जेठ २५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












