नेपाललाई मासु र तरकारीमा आत्मनिर्भर बनाइने
काठमाडौं, जेठ १५ : सरकारले सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजे....

काठमाडौं, जेठ १५ : सरकारले सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गदै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षमा नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने घोषणा गरे।
त्यसको लागि एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम संचालन गरिने उनले बताए।
साथै, २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिने घोषणा गरे।
रासायनिक मलमा अनुदान वृद्धी गरी ११ अर्ब पुराइएको छ। सबै स्थानीय तहमा बजार पूर्वधार निर्माण गर्ने र चोभारमा फलफुल तथा हाटबार सञ्चालन गर्ने खतिवडाले घोषणा गरेका छन्।
प्रकाशित मिति: १७:०० बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
