Kathmandu Press

‘पेन्सन पट्टा’ को विदेश प्रदर्शन अधिकार बिक्री

आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको हो।
‘पेन्सन पट्टा’ को विदेश प्रदर्शन अधिकार बिक्री

काठमाडौं, जेठ २४ : वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। 

आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको हो।

Hardik ivf

लेखक तथा निर्देशक माओत्से गुरुङले सिनेमाको कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए। यो सिनेमाको बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ।

अन्य केही देशबाट पनि रिलिज अधिकार किन्न अफर आएकाले चाँडै फाइनल हुने चरणमा रहेको निर्देशक गुरुङले जानकारी दिए। ‘पेन्सन पट्टा’मा गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित निर्देशक माओत्स गुरुङको पनि लगानी रहेको छ।

सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ,  पुष्कर गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ। 

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। यो सिनेमा नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताउँछन्।

 सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, जेठ २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्