Kathmandu Press

भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

‘हामी आपसी हितका विषयमा सम्बन्ध निर्माण गर्न चाहन्छौँ । हामीबीच केही मुद्दाहरू छन् भन्ने कुरा म स्वीकार गर्छु । सीमा र सीमांकनसँग सम्बन्धित बाँकी रहेका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्न सकिन्छ र गर्नुपर्छ,’ उनले भने।
भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं, जेठ २४ : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

भारत भ्रमणका क्रममा उनले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि बढाउनुपर्ने बताएका हुन्।

Hardik ivf

‘हामी आपसी हितका विषयमा सम्बन्ध निर्माण गर्न चाहन्छौँ । हामीबीच केही मुद्दाहरू छन् भन्ने कुरा म स्वीकार गर्छु । सीमा र सीमांकनसँग सम्बन्धित बाँकी रहेका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्न सकिन्छ र गर्नुपर्छ,’ उनले भने।

खनालले नेपाल र भारतबीच यस्ता विषय समाधानका लागि विभिन्न संयन्त्रहरू पहिल्यैदेखि रहेको उल्लेख गर्दै, प्राविधिक तहको संयुक्त फिल्ड सर्भे टोली अहिले सीमाक्षेत्रमा संयुक्त रूपमा काम गरिरहेको जानकारी दिए। 

भारतका विदेशमन्त्रीसँग भएको छलफलमा ती सबै संयन्त्रलाई पुनः सक्रिय बनाउने सहमति भएको पनि उनले बताए।

‘हामीले हिजोको छलफलमा सबै संयन्त्रहरू सक्रिय बनाउने सहमति गरेका छौँ, ताकि खुलापन र संवादका माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्न सकियोस्,’ उनले भने। 

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, जेठ २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्