Kathmandu Press

मैत्रीपूर्ण खेलमा ब्राजिल र इंग्ल्यान्डको जित 

आइतबार बिहान भएको खेलमा ब्राजिलले इजिप्टलाई २–१ ले  निरास बनायो । ब्राजिललाई जित दिलाउन ब्रुनो गुइमेरेज र एन्ड्रिकले गोल गरे । इजिप्टका मोस्तफा जिकोले एक गोल फर्काए ।
मैत्रीपूर्ण खेलमा ब्राजिल र इंग्ल्यान्डको जित 

काठमाडौं, जेठ २४ : फिफा विश्वकपअघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र इंग्ल्यान्डले जित निकालेका छन् ।

आइतबार बिहान भएको खेलमा ब्राजिलले इजिप्टलाई २–१ ले  निरास बनायो । ब्राजिललाई जित दिलाउन ब्रुनो गुइमेरेज र एन्ड्रिकले गोल गरे । इजिप्टका मोस्तफा जिकोले एक गोल फर्काए ।

Hardik ivf

खेलको सातौँ मिनेटमा गुइमेरेजको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलको अग्रता लामो समयसम्म टिक्न सकेन । चार मिनेटपछि नै जिकोले इजिप्टलाई बराबरीमा ल्याए । एन्ड्रिकले ५२औँ मिनेटमा गोल गर्दै ब्राजिललाई जित दिलाए ।

अर्को खेलमा कप्तान ह्यारी केनले पहिलो हाफको इन्जुरी टाइनममा गोल गरेको गोल नै निर्णायक बनेपछि इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध १–० को कठिन जित निकाल्यो ।

प्रकाशित मिति: ०८:५१ बजे, आइतबार, जेठ २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्