Kathmandu Press

प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ : प्रमुख सचेतक महर

उनले प्रधानमन्त्रसकाे भनाइ देश र जनताप्रतिको गद्दारीसरह रहेको दाबी गर्दै प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेका ती शब्दहरू संसदीय रेकर्डबाट हटाइनुपर्ने एमालेको माग रहेको बताए।
प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ : प्रमुख सचेतक महर

काठमाडौं, जेठ २१ : नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार भएको आरोप लगाएका छन्। 

बिहीबार संसदीय मामिलाका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले विश्वका कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नै देशले अर्को देशको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिने बताए।

Hardik ivf

उनले उक्त भनाइ देश र जनताप्रतिको गद्दारीसरह रहेको दाबी गर्दै प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेका ती शब्दहरू संसदीय रेकर्डबाट हटाइनुपर्ने एमालेको माग रहेको बताए।

‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ भनेर राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही छ। एक प्रकारले यो देश र जनताप्रतिको गद्दारी थियो । हाम्रो निष्कर्ष पनि त्यही थियो । यो गम्भीर कुरा थियो,’ उनले भने, ‘अहिलेसम्म हाम्रो देशको मात्र होइन विश्वका कुनैपनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको भुमि मिचेको छ भन्दैन। त्यसैले यो राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार विचार सदनमा राख्नुभयो । त्यसैले उहाँको त्यो शब्दहरु संसदीय रेकर्डबाट हटाउनुपर्छ भन्ने माग हो।’

महरले सदनको गरिमा कायम गर्ने जिम्मेवारी प्रधानमन्त्री र सभामुखको भएको उल्लेख गर्दै त्यसमा असफल भए संसद्को कार्यप्रणाली र औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताए। 

उनले विवादित अभिव्यक्तिबारे स्पष्ट निर्णय गरेर मात्र संसद्को कार्यसूची अगाडि बढाउनुपर्ने भन्दै यही विषयमा एमालेले सदनमा विरोध जनाएको बताए।

‘सदनको गरिमा प्रधानमन्त्री र सभामुखले राख्न सक्नुहुन्न भने त्यो सदनको काम कारवाही निरन्तर अगाडि बढाइरहने कुराले सदनको आयुमाथिपनि प्रश्न उठ्छ। यो सदन यही ढंगले जाने कि नजाने भन्ने कुरा उठ्छ। त्यसैले यो छिनोफानो गरेर अगाडि जानुपर्छ भनेर विरोध गरेका हौं,’ उनले भने।

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, जेठ २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्