साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
‘एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै किन कविता लेख्छन्? किन कथा सुनाइरहन्छन्? किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो,’ उनलेभने।
काठमाडौं, जेठ २१ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताएका छन्।
‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा उनले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताए।
‘एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै किन कविता लेख्छन्? किन कथा सुनाइरहन्छन्? किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो,’ उनलेभने।
यस वर्षको महोत्सवको विषयवस्तु सान्दर्भिक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताए।
‘सूचना प्रविधिको युगमा हामी पहिलेभन्दा धेरै जोडिएका छौं तर एकअर्कालाई पहिलेभन्दा धेरै बुझ्न सकेका छैनौं। यही कारण साहित्य अपरिहार्य बन्छ। साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ,’ उनले भने।
उनले कविता, उपन्यास र अनुवादको भूमिकाबारे चर्चा गर्दै लेखकहरूले केवल पाठ सिर्जना मात्र नगरी मानवतालाई जोगाइरहेका बताए। उनुभयो ।
आफूले झण्डै एक दशक नेपाली साहित्य र सङ्गीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै उनले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने बताए।
आधुनिक सञ्चार प्रणाली र सामाजिक सञ्जालको विकास हुनुअघि पनि कथा वाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिस्कृत हुँदै आएको बताउए।












