Kathmandu Press

सगरमाथा क्षेत्रमा बेपत्ता गाइट दावा शेर्पा ६ दिनपछि भेटिए

सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले उनलाई अत्यन्त कमजोर अवस्थामा देखेपछि तत्काल उद्धार गरी आधारशिविरतर्फ ल्याएका हुन्। उनी ६ दिनदेखि सम्पर्कविहीन थिए र उनको खोजी कार्य जारी रहेको थियो।
सगरमाथा क्षेत्रमा बेपत्ता गाइट दावा शेर्पा ६ दिनपछि भेटिए

सोलुखुम्बु, जेठ २१ : सगरमाथा क्षेत्रमा हराएका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका दावा शेर्पा ६ दिनपछि भेटिएका छन्। 

सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता भएका शेर्पालाई बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्याम्पन पोइन्ट नजिक आधारशिविरतर्फ ओर्लिरहेको अवस्थामा उद्धार गरिएको हो।

Hardik ivf

सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले उनलाई अत्यन्त कमजोर अवस्थामा देखेपछि तत्काल उद्धार गरी आधारशिविरतर्फ ल्याएका हुन्। उनी ६ दिनदेखि सम्पर्कविहीन थिए र उनको खोजी कार्य जारी रहेको थियो।

उच्च हिमाली क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरू जीवितै भेटिनु दुर्लभ मानिन्छ। विशेषगरी क्याम्प–३ क्षेत्र सगरमाथा आरोहण मार्गको अत्यन्त जोखिमपूर्ण खण्डमध्ये एक हो।

समुद्री सतहबाट करिब ७,२०० मिटर उचाइमा रहेको यस क्षेत्रमा अक्सिजनको मात्रा निकै कम हुने, तापक्रम अत्यधिक न्यून रहने तथा मौसम एकाएक परिवर्तन हुने भएकाले आरोहीहरू उच्च जोखिममा रहने गर्छन्।

दावा शेर्पा जीवितै फेला परेको खबर सार्वजनिक भएसँगै उनका परिवार, आफन्त तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूले राहतको महसुस गरेका छन्।

उद्धारपछि उनको स्वास्थ्य अवस्था परीक्षणको व्यवस्था गरिएको छ। अत्यधिक थकान, चिसो र लामो समयको शारीरिक संघर्षका कारण उनी कमजोर देखिए पनि बोल्न सक्ने अवस्थामा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । स्वास्थ्यकर्मीको निगरानीमा राखेर थप उपचार गरिने भएको छ। 

खोज तथा उद्धारमा संलग्न टोलीका अनुसार उनलाई फेला पारिएको स्थान आधारशिविरभन्दा माथि भएपनि उनी आफैं आधारशिविरतर्फ ओर्लने प्रयास गरिरहेका थिए। 

प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, जेठ २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्