Kathmandu Press

जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

उनले दलित समुदायले शताब्दीयौंदेखि भोग्दै आएको पीडा गहिरो र जटिल रहेको उल्लेख गर्दै दिवस इतिहास सम्झिने मात्र नभई बाँकी रहेका विभेद, अन्याय र बहिष्करण अन्त्य गर्ने साझा प्रतिबद्धता दोहो¥याउने अवसर पनि भएको बताए।
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
फाइल तस्बिर।

काठमाडौं, जेठ २१ : सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, आर्थिक पछौटेपन तथा अवसरबाट वञ्चित हुने अवस्था कायम रहेको बताएका हुन्।

Hardik ivf

उनले नेपालको इतिहासमा यो दिवस सामाजिक विभेदका अन्धकार पक्षहरूलाई चिर्दै समानता र उज्यालोतर्फ उन्मुख हुने महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरे। 

‘आजको दिन नेपालको सामाजिक न्याय, समानता र मानवीय मर्यादाको यात्रामा ऐतिहासिक महत्त्व बोकेको दिन हो। इतिहासको पाना पल्टाउँदा यस लिन विभेद जन्य पक्षहरूलाई चिर्दै उज्याले तर्फ उन्मुख हुने यात्राको एक कोषे ढुङगा हो,’ उनले भने, ‘यो दिवसले हाम्रो समाज अझै पनि जातीय विभेद, छुवाछुत, सामाजिक बहिष्कार, आर्थिक पछैटेन र अवसरबाट बन्चित हुने पिडा व्याप्त छ।’

उनले दलित समुदायले शताब्दीयौंदेखि भोग्दै आएको पीडा गहिरो र जटिल रहेको उल्लेख गर्दै दिवस इतिहास सम्झिने मात्र नभई बाँकी रहेका विभेद, अन्याय र बहिष्करण अन्त्य गर्ने साझा प्रतिबद्धता दोहो¥याउने अवसर पनि भएको बताए।

‘सताब्दीऔंदेखि दलितले भाक्दै आएको यो पिडा सहन र जटिल छ। आजको दिन इतिहास सम्झने मात्र होइन। अझै बाकि रहेको विभेद अन्याय र बहिष्करणको अन्त्य गदै अन्त्य गर्ने हाम्रो साझा प्रतिबद्धता दोहर्‍याउने दिन समेत हो,’ उनले भने।

उनले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको स्पष्ट पार्दै जातीय विभेद तथा छुवाछूतको अन्त्य कुनै एक निकायको जिम्मेवारी मात्र नभएको बताए।
 

प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, जेठ २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्