Kathmandu Press

जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध हो : राष्ट्रपति पौडेल

बिहीबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नेपालको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई राष्ट्रको विशेष पहिचानका रूपमा आत्मसात् गरेको बताए । 
जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध हो : राष्ट्रपति पौडेल

काठमाडौं, जेठ २१ : राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध भएको बताएका छन्। 

बिहीबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नेपालको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई राष्ट्रको विशेष पहिचानका रूपमा आत्मसात् गरेको बताए । 

Hardik ivf

‘नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक र सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ,’ शुभकामना सन्देश उल्लेख छ।

उनले संविधानले विविधताबीचको एकता, सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण तथा प्रवद्र्धन गर्ने बताए। 

उनले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्। 
 
प्रकाशित मिति: ०९:२९ बजे, बिहीबार, जेठ २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्