Kathmandu Press

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले समाजिक सञ्जालमा लेखेका छन्। 
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

काठमाडौं, जेठ २० : पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन्। 

सभापति लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन्। भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।

Hardik ivf

भेटपछि मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको समाजिक सञ्जालमर्फत जनाएका छन्। उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन्।

‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले समाजिक सञ्जालमा लेखेका छन्। 

दुई देशबीचको विशिष्ठ एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीले उल्लेख गरेका छन्।

‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल पहिलो साझेदार हो र हाम्रा दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई अझ उच्च उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,’ मोदीले भनेका छन्। 

सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो। सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष नितिन नवीनले रास्वपा सभापति रविलाई स्वागत गरेका थिए।

मंगलबार नै लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटघाट गरेका थिए।

प्रकाशित मिति: १४:३३ बजे, बुधबार, जेठ २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्