ओली भन्छन्– प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नुभयो
‘प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भननुभयो, उहाँल असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुभयो। त्यो बोल्न हुँदैन थियो । कसको पक्षमा के का लागि बोलियो?,’ ओलीले भने।
काठमाडौं, जेठ २० : प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती र देशद्रोही कुरा गरेको बताएका छन्।
बुधबार एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले नेपालले भारतको जमिन मिचेको छ भनेर असत्य, झुट, राष्ट्रघाती कुरा बालेको बताएका हुन्।
‘प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भननुभयो, उहाँल असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुभयो। त्यो बोल्न हुँदैन थियो । कसको पक्षमा के का लागि बोलियो?,’ ओलीले भने।
संसदमा कुनै कार्यक्रम नै तय नभइ के का लागि र कसका लागि यो प्रश्न सोधिएको भनेर पनि अोलीले प्रश्न गरे। उनले प्रधानमन्त्रीको यो व्यवहारलाई ‘बचपना’को संज्ञा दिए।
‘प्रधानमन्त्री त्यस दिन न कार्यक्रम, न केही कार्यसूची, अचानक के का लागि सुनाएको? नेपाली जनतालाई हेप्नका लागि यो ठाउँभन्दा अरु केही हुँदैन,’ ओलीले भने।
यस्तै, ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा उनले असन्तुष्टि जनाए।
‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन,’ उनले भने, ‘उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो।’