भदौ २३ र २४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
‘भदै २३ र २४ गतेको लाई कसैलाई कसैले आन्दोलन भन्छन् कसैले क्रन्ती भन्छन् गर्नेहरुले त क्रन्ती भन्ने भए युवाहरूको नवयुवाहरूको हत्या गर्नेलाई पनि मान्छेले क्रन्ती भन्ने भए आपराधिक क्रियाकलापको आयोजना आफूले गर्ने काँक्रा खाइसकेपछि बिया अर्काको गालमा टासीएर आरोप लगाउने काम उनीहरूले त गरे गरे। तर त्यो एउटा षड्यन्त्र पुर्न, पूर्वनियोजित घटना हो,’ उनले भने।
काठमाडौं, जेठ २० : नेकपा ९एमाले०का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।
दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरेको उल्लेख गर्दै त्यो एउटा षड्यन्त्र पुर्ण पूर्वनियोजित घटना आरोप लगाएका हुन्।
‘भदै २३ र २४ गतेको लाई कसैलाई कसैले आन्दोलन भन्छन् कसैले क्रन्ती भन्छन् गर्नेहरुले त क्रन्ती भन्ने भए युवाहरूको नवयुवाहरूको हत्या गर्नेलाई पनि मान्छेले क्रन्ती भन्ने भए आपराधिक क्रियाकलापको आयोजना आफूले गर्ने काँक्रा खाइसकेपछि बिया अर्काको गालमा टासीएर आरोप लगाउने काम उनीहरूले त गरे गरे। तर त्यो एउटा षड्यन्त्र पुर्न, पूर्वनियोजित घटना हो,’ उनले भने।
ओलीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा समेत भदौ २३ र २४ को घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे।
‘यो मोरो भनाइ होइन। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपमा जुन कुरा आएको छ त्यसमा भदै २३र२४ को घटना पूर्व नियोजित पैलेनै सयन्त्र भएको एउटा प्रायोजित घटना थियो भन्ने कुर हामीले आफ्नो प्रतिवेदनको सार संक्षप उल्लेख गरेको छु,’ उनले भने।
उनले त्यसबेला एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक र जनमतका आधारमा बलियो अवस्थामा रहेको बताए। जनताबाट निर्वाचित अत्यधिक बहुमतको सरकारलाई संवैधानिक, कानुनी र संसदीय प्रक्रियामार्फत हटाउने विभिन्न प्रयास भए पनि सफल हुन नसकेको दाबी गरे।
‘त्यो यथार्थ र षड्यन्त्र हाम्रो बिरुद्धत थियो नै हामी संवैधानिक हिसाबले लोकतान्त्रिक हिसाबाले बलियो अवस्थामा थियो। हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौ, उनले भने, ‘त्यो सरकार अत्यधिक बहुमतको सरकार थियो । त्यो सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक पटक त्यसलाई ढाल्ने प्रयास गरियो। ध्वस्त पार्ने प्रयास गरियो। त्यो सम्भव भएन, त्यो सम्भव नभएपछि वैधानिक र आपराधिक मार्गबाट त्यस सरकारलाई विस्थापित गर्ने षड्यन्त्र भयो।’