Kathmandu Press

रवि लामिछानेले आज मोदीलाई भेट्ने

भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान १०ः३० बजे नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्न लागेको हो।
रवि लामिछानेले आज मोदीलाई भेट्ने

काठमाडौं, जेठ २० : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन् ।

भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान १०ः३० बजे नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्न लागेको हो।

भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि मंगलबार लामिछानेले एस जयशंकर, अमित शाह तथा भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन सँग भेटवार्ता गरेका थिए। 

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम छ।

भारत भ्रमणका क्रममा टोलीले विभिन्न राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूसँग भेटघाट र छलफललाई निरन्तरता दिएको छ।
 

प्रकाशित मिति: ०८:२० बजे, बुधबार, जेठ २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्