Kathmandu Press

विपक्षीको निरन्तर नाराबाजीपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित

मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका थिए। 
विपक्षीको निरन्तर नाराबाजीपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं, जेठ १९ : विपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै निरन्तर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

विपक्षीकाे अवराेधपछि सभामुख डिपी अर्यालले बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरे।

मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका थिए। 

Hardik ivf

उनीहरूले प्रधानमन्त्रीले बिना तथ्य अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने अडानसमेत राखेका छन्।

बैठकको सुरुआतमै विपक्षी दलहरुले उठेर विरोध गरेका थिए। त्यसपछि सभामखुले विपक्षी दलका एक–एक सांसदलाई बोल्न समय दिएका थिए।

आफ्ना कुरा राखिसकेपछि उनीहरूले फेरि उठेर विरोध गरेका थिए। 

विरोधकाबीच सभामुख डिपी अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढ्ज थालेपछि विपक्षी सांसदहरूले अवरोध गर्दै नाराबाजी गरेका थिए। 

उनीहरुले सभामुखको आसन नजिकै पुगेर नाराबाजी गरेका थिए। 

त्यसपछि सभामुख अर्यालले बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरे।

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, जेठ १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्